माओवादीले मन्त्रीमा सहमति जुटाउँदै, पौडेल र मगर मन्त्री पक्का


ओकेजनता डेस्क
६ आश्विन २०७८, बुधबार

काठमाडौं । माओवादी केन्द्रले मन्त्रिमण्डलमा पठाउने सांसदहरुको टुंगो लगाउने प्रयास जारी राखेको छ । आकांक्षी धेरै देखिएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मन्त्रीका लागि योग्य उम्मेद्वारको छनोट गरिरहेका छन् ।

अहिलेसम्म एकजना मात्रै मन्त्रीको टुंगो लागेको छ । जसमा देवेन्द्र पौडेलको नाममा सहमति भइसकेको छ । मन्त्रीका लागि बिना मगर पनि आकांक्षी देखिएको प्रचण्ड निकट स्रोत बताउँछ ।

बिनालाई यसपाली मन्त्री दिने की नदिने भन्नेबारेमा छलफल भइसकेको छैन । एक नेताका अनुसार बिना मगर मन्त्री बन्ने सम्भावना छ ।

माओवादीबाट अन्य नेताहरुको पनि सहमति लिइँदै छ ।

प्रतिक्रिया दिनुहोस्