बालुवाटारमा गठबन्धनको आकस्मिक बैठक, मन्त्रिपरिषद् बिस्तार हुँदै


ओकेजनता डेस्क
५ आश्विन २०७८, मंगलवार

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा गठबन्धनका शीर्ष नेताहरुको बैठक साँझ साढे ६ बजेदेखि सुरु भएको हो ।

उक्त बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेस महामन्त्री पूर्ण बहादुर खड्का, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल लगायतको उपस्थिति रहेको छ।

आजको बैठकमा मन्त्रिपरिषद् विस्तार लगायतका एजेन्डामा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्