परीक्षा हलभित्र टिकटक बनाउने विद्यार्थीको सबै विषय रद्द


ओकेजनता डेस्क
५ आश्विन २०७८, मंगलवार

काठमाडौं । परिक्षा हल भित्र टिकटक बनाएर पोष्ट गरेको पाइएमा त्यस्ता विद्यार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षा हलमा नै मोवाइल लगेर उत्तरपुस्तिकाको फोटो खिचेर टिकटर बनाई सामाजिक सञ्जालमा राख्ने लगायतका गतिविधिप्रति बोर्डको ध्यानाकर्षण भएको भन्दै बोर्डले यस्तो चेतानवी दिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले भदौ ३० गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन गरिरहेको छ । परीक्षा हलमा मोवाइल लगायत अन्य इलेक्ट्रोनिक्स डिभाइस निषेध गरिएको जानकारी गराउदैँ बोर्डले यस्ता कार्य गर्नु परीक्षाको मर्यादा विपरित रहेको जनाएको हो ।

यस्ता क्रियाकलाप नगर्न र नगराउन सम्बन्धित विद्यार्थी, शिक्षक तथा विद्यालयलाई अनुरोध गर्दै बोर्डले परीक्षालार्य व्यवस्थित, मर्यादित एवम विश्वसनीय बनाउने कार्यमा सहयोग गर्न अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्