देउवाको चलाखी : यस्तो आयो पछिल्लो निर्णय


ओकेजनता डेस्क
५ आश्विन २०७८, मंगलवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बिस्तार गर्न नसक्दा मुलुक अस्थिरतामा धकेलिएको छ । प्रतिपक्षी दल नेकपा एमालेले संसदमा विरोध जनाइरहेको छ । समग्रतामा हेर्दा यतिबेला सरकार चौतर्फी निशानामा परेको छ ।

प्रधानमन्त्री देउवा अहिलेको जटिल परिस्थितिलाई हल्का रुपमा लिइरहेको विश्लेषकहरु बताउँछन् । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद् बिस्तार हुन नसक्नुले धेरैलाई शंकाको घेरामा पनि राखेको छ ।

एमालेसँग निकट सम्बन्ध बनाएर निर्वाचनमा जाने तयारी गरिरहेका देउवाको मनसायलाई उनकै पार्टीभित्रकाले स्पष्ट बुझेका छन् । कतिपयले त देउवा प्रधानमन्त्रीमा असक्षम भइसकेको भन्दै आलोचना शुरु गरिसकेका छन् । कांग्रेसको आसन्न १४ औँ महाधिवेशन मुखैमा आएको बेला देउवाले नयाँ रणनीति अख्तियार गर्ने समेत धेरैको बुझाइ छ ।

मन्त्रिपरिषद् बिस्तारमा ढिलाइ हुनुको कारण कांग्रेसभित्रको कलह पनि हो । जसका कारण देउवा त्यति उत्साहित छैनन् । आफ्नो प्रतिद्वन्द्वीलाई मन्त्री, उपप्रधानमन्त्री भिडाएर उनी सहज अवतरण गर्न सक्ने धेरैको बुझाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्