तपाईंको आज (२०७७ साल असोज १५ गते)


ओकेजनता डेस्क
१५ आश्विन २०७७, बिहीबार

मेष– व्यवसायमा सफलता मिल्नेछ । कृषि जलको काममा फाइदा हुनेछ ।

वृष– नयाँ रोजगारीको सम्भावना देखिन्छ । आफन्तले साथ दिनेछन् । पद प्रतिष्ठाको चर्चा चल्नेछ ।

मिथुन– सामुहिक काममा समय वित्नेछ । पुरानो कामबाट फाइदा आउनेछ । धर्मकर्ममा जागर चल्नेछ ।

कर्कट– चिसोको समस्या आउनेछ । काममा अपजस मिल्नेछ । व्यवसायमा वाधा हुनेछ ।
सिंह– पारिवारिक खुशी मिल्नेछ । प्रेममा मानसिक चिन्ता मिल्नेछ । नयाँ किनमेलमा खर्च हुनेछ ।

कन्या– मित्रबाट सहयोग आउनेछ । खेलकुदमा जीत हुनेछ । जिम्मेबारीको काममा परेसानी हुनेछ ।

तुला– सन्तानको माया मिल्नेछ । आम्दामीको स्तर बढ्नेछ । धनको जोहो हुनेछ ।
वृश्चिक– घर बाहिर व्यस्त भइनेछ । मित्रसंग विवाद हुनेछ । मित्रतामा समस्या आउनेछ ।

धनु– स्थान परिवर्तन हुनेछ । यात्रामा समस्या हुनेछ । भातृप्रेम बढ्नेछ।
मकर– धनको कारोबार बढ्नेछ । मीठो वोलीले काम बन्नेछ । खानपिनमा रमाइलो मिल्नेछ ।

कुम्भ– आफन्त भेटघाट हुनेछ । नया काम अधुरो रहनेछ । व्यक्तिगत काममा अलमल हुनेछ ।
मीन– मित्रको सहयोगले काम बन्नेछ । पैसाको अभाव खड्किनेछ । यात्रा झन्झटिलो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्