एमाले मंगलसेन नगर कमिटी पूरै नेकपा ‘एस’मा समाहित


ओकेजनता डेस्क
३ आश्विन २०७८, आईतवार

काठमाडौंं । साविक नेकपा एमाले मंगलसेन नगर कमिटी अछाम आजदेखि नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ ।

कमिटीका अध्यक्ष पूर्ण रानाको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले २७ सदस्यीय उक्त कमिटी आजैका मितिदेखि एकीकृत समाजवादीमा समाहित गरेको हो । निकट भविष्यमा नगरस्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गर्ने पनि निर्णय गरिएको छ ।

कमिटीका पदाधिकारीहरुः

अध्यक्ष – पूर्ण राना
उपाध्यक्ष – पूर्ण रावल
सचिव – खगेन्द्र सोडारी
सह–सचिव – खगेन्द्र शाही

लगायत २७ सदस्यीय नेकपा (एकीकृत समाजवादी) मंगलसेन नगर कमिटी गठन गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्