आइपिएल : कोलकाता नाइट राइडर्स विजयी


ओकेजनता डेस्क
१५ आश्विन २०७७, बिहीबार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति दुबईमा भएको खेलमा कोलाकाता नाइट राइडर्स विजयी भएको छ ।

कोलकाताले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको हो । १ सय ७५ रनको लक्ष्य पछ्याएको राजस्थानले ९ विकेटको क्षतिमा १ सय ३७ रन मात्रै बनाउन सक्यो ।

उसका लागि टम करनले अविजित ५४ रन बनाउनु बाहेक अरुले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । कोलकाताका शिवम मावी, कमलेश नगरकोटी र वरुण चर्कवर्तीले समान दुई–दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको कोलकाताले ६ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको थियो। उसका लागि शुभम गिलले ४७, आन्द्रे रुसेलले २४ तथा इयान मोर्गनले नटआउट ३४ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्