काठमाडौं । नेकपा माओवादी केन्द्रले पनि सरकारमा सहभागी हुने मन्त्रीहरुको नाममा टुंगो लगाएको छ । माओवादी केन्द्रले देवेन्द्र पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको हो ।
माओवादीबाट आकांक्षी धेरै देखिएपनि नयाँलाई अवसर दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयारी थालेका हुन् । माओवादीबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई नै दिइएको छ । अहिले पुराना अनुहारलाई मन्त्रिपरिषद्मा नपठाउने माओवादी स्रोत बताउँछ ।
अहिले माओवादी केन्द्रले सरकारमा जानुभन्दा पनि पार्टीका सांगठानिक क्रियाकलापमा व्यस्त रहन नेता कार्यकर्तालाई निर्देशन दिएको छ । प्रचण्डले अबको निर्वाचनमा पार्टीलाई एक नम्बरको बनाउने बताएका छन् ।