ओली–देउवाको त्यो भेट…


ओकेजनता डेस्क
२ आश्विन २०७८, शनिबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका नेताहरुरबीच बेला मौकामा भेट निरन्तर भइरहेको छ । तारन्तार संसद अवरुद्ध भइरहेका बेला बजेट नै खर्च गर्न नपाउने सरकारको बाध्यतालाई हल गर्न पनि प्रधानमन्त्री देउवा एमालेसँग छलफलमा छन् ।

एमाले भने आफूले कारबाही गरेका नेकपाका १२ जना सांसदलाई सभामुखले कारबाहीको प्रक्रियामा नलैजाए संसद चल्न दिने मनस्थितिमा छैन । बारम्बारको संसद अवरुद्धले प्रधानमन्त्री देउवा आजित बनेका छन् भने अन्य दलका सांसदहरु पनि आफ्नो कुरा राख्न नपाउँदा समस्यामा छन् ।

निरन्तरको संसद अवरुद्धको अन्तिम कारण भनेको मध्यावधि निर्वाचन हुन्छ । धेरै दलहरुले एमालेको संसद अवरुद्धले अब मुलुक मध्यावधिमा जाने हो की, भन्ने आंकलन गरिसकेको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले त मुलुकलाई मध्यावधिमा लैजान एमाले लागि परेको आरोप लगाइसकेका छन् ।

केसीले त प्रधानमन्त्री शेरबहादुर देउवा नै मध्यावधिको तयारीमा लाग्नसक्ने अनुमान गरेका छन् । कांग्रेसको १४ औँ महाधिवेशनले चौतर्फी घेरिएका देउवाले मुलुकलाई मध्यावधिमा धकेलेर सबैलाई निर्वाचनमा जुट्न आग्रह गर्ने सम्भावना पनि छ ।

एमालेका नेता योगेश भट्टराईले पनि एमालेको नेतृत्वमा मध्यावधिमा जानुको विकल्प नभएको बताइसकेका छन् । गठबन्धनको सरकारले मुलुकलाई निकास दिन नसक्ने भन्दै भट्टराईले मार्ग प्रशस्त गर्न पनि भनिसकेका छन् ।

भट्टराईले गठबन्धनको सरकारले दुई महिनासम्म मन्त्रिपरिषद् बिस्तार गर्न नसक्नु, गरिबका नाममा भत्ता भन्दै कार्यकर्ता पोषण गर्ने रणनीति लिनु हास्यासपद रहेको भनिसकेका छन् ।

यता, एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि देउवा तेस्रो पटक असक्षम भएको बताइसकेका छन् । नेपालीमाथि छिमेकीले गरेको व्यवहारमा कुटनीतिक जवाफ फर्काउन नसक्नु, एमसीसीकै मुद्धामा अगाडि बढ्न खोज्नु देशको हीत विपरित रहेको ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्