बास्कोटापछि मन्त्रीको दाउ कुरेका प्रधानमन्त्रीका विश्वास पात्र !


ओकेजनता डेस्क
१४ आश्विन २०७७, बुधबार

काठमाडौं । एक टेलिभिजन अन्तर्वातामा नेकपाका नेता एवम् पूर्व उद्योगमन्त्री महेश बस्नेतले भने, ‘म प्रधानमन्त्री केपी शर्मा ओलीले भनेमा धरहराबाटै हाम फाल्न तयार छुँ ।’ उनको यो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालदेखि अनलाइनमा निकै चर्चा भयो ।

कसैले धरहरा नै नबनेकनले झुट बोलेको भन्दै मजाक उडाए, कसैले अन्धभक्तको संज्ञा नै दिए । तर, जे भएपनि यो अभिव्यसक्ते बस्नेतलाई अहिले फलिफाप हुने निश्चित प्रायः देखिएको छ ।

तत्कालीन समयमा प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएर पार्टी विघटन गरिरहेका आरोप खेपिरहेका बेला बस्नेतले उनलाई साथ दिएका थिए । बस्नेत हरसमय प्रधानमन्त्रीको निकट रहने नेताका रुपमा पनि परिचित छन् ।

पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा प्रेस प्रिन्टिङ मेसिन घोटाला काण्डमा बाहिरिएपछि बस्नेतको सक्रियता बढेको पाइन्छ । यद्यपि बास्कोटा पनि प्रधानमन्त्री नजिक नै छन् । अहिलेको परिस्थितिमा बास्कोटालाई मन्त्री बनाउँदा जनताहरुबाट अलोकप्रिय भइन्छ की भन्ने प्रधानमन्त्रीलाई चिन्ता छ ।

महेश बस्नेतले उद्योगमन्त्री हुँदा या सांसद रहिरहँदा भक्तपुरको विकासका लागि निकै उल्लेख्य कार्य गरेको त्यहाँका स्थानी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्