काठमाडौं । संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हः त्या भएको घटःनामा प्रहरीले अनुःसन्धान जारी राखेको छ । अनुसःन्धानमा संलग्न प्रहरीले यसअघि पःक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई जिल्ला सदरमुकाममा ल्याएका छन् ।
लोकबहादुरका भाइ नरेश कार्कीलाई सोधपुछका लागि सदरमुकाम खाँदबारी ल्याएको प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी अरुण बिसीले बताए । हः त्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बरामद गरेका छन् ।
मोबाइल बरामद गरेपछि प्रहरीले नरेशलाई बिहीबारदेखि नै नियःन्त्रणमा राखेर सोधपुछ गरिररहेको छ । ‘हः त्यापछि रञ्जनाको मोबाइल नरेशले कसरी पाए भन्नेबारे अनुःसन्धान गर्दैछौं’ अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने, ‘लोकबहादुरले घरमा लगेर लुकाएको र नरेशले भेटेर चलाएको वा नरेश आफैंले लगे भन्ने खुल्न बाँकी छ ।’
भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की,आमा पार्वती कार्की, श्रीमती कमला,बुहारी ३२ वर्षीया रञ्जना कार्की,८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हः त्या भएको थियो ।
हः त्यापछि संखुवासभा पुगेका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी रुगम कुँवर, सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदी सहितको टिमले ५ दिनपछि लोकबहादुरलाई पःक्रेर सार्वजनिक गरेका थिए ।
तेजबहादुर र परिवारका अन्य ५ जनालाई चिःर्पटले हानेर हः त्या गर्दा नरेश प्रत्यःक्षदर्शी रहेको थाहा भएको अनुसःन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए ।