माधव नेपालले भने– यी हुन् हाम्रो पार्टीबाट मन्त्री बन्ने नेता


ओकेजनता डेस्क
१ आश्विन २०७८, शुक्रबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।

मीनभवनस्थित केन्द्रीय कार्यालय उदघाटन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेपालले सो कुरा बताएका हुन् । मन्त्रिपरिषद्लाई कहिले पूर्णता दिने भनेर पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने ‘म प्रधानमन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुनेछ ।’

उनले सरकारमा जान आफूहरु आज भने आजै, भोलि भने भोलि नै तयार रहेको पनि बताए । उनले पार्टीमा मन्त्री बन्ने नामहरु सुरक्षित भइरहेको पनि बताए । अहिले मन्त्रिपरिषद्मा जाने नयाँ अनुहार बढी हुन सक्छन् ।

एकपटक मन्त्री बनिसकेका र काम गर्नमा उत्कृष्ट रहेका केहीलाई पनि मन्त्री बनाइने नेपालले बताए । नयाँ बनेको कार्यालयमा नेकपा एसका कार्यकर्ता जाने क्रम चलेको छ ।

प्रतिक्रिया दिनुहोस्