मन्त्री ताक्ने बामदेवलाई राष्ट्रियसभा सदस्यनै पासो !


ओकेजनता डेस्क
१४ आश्विन २०७७, बुधबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि सुनुवाई जारी छ ।

निर्वाचन हारेको व्यक्तिलाई राष्ट्रियसभा सदस्यमा सरकारले मनोनित गरेपछि संवैधानिक अड्चन थपिने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रराज भट्टले रिट दायर गरेका थिए ।

गौतमलाई राष्ट्रियसभामा मनोनित गरेको विषयमा परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो ।

यसअघि सर्वोच्च अदालतले वामदेव गौतमलाई ‘थप संवैधानिक जिम्मेवारी’ नदिन आदेश दिएको थियो ।

वरिष्ठ अधिवक्ता त्रिपाठी र अधिवक्ता भट्टले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै गत बुधबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन आदेश दिएको थियो ।

साथै सर्वोच्चले प्रतिनिधिसभामा पराजित भएको व्यक्ति सरकारबाट मनोनित हुने राष्ट्रियसभा सदस्यमा मनोनित हुन सक्ने वा नसक्ने भन्ने विषय ‘गम्भीर संवैधानिक व्याख्या’को विषय भएकाले संवैधानिक इजलासबाट निरुपण गर्न आदेश दिएको थिएको थियो ।

प्रतिक्रिया दिनुहोस्