ओलीले यसो भनेपछि अष्टलक्ष्मीको मुहार निलो कालो….


ओकेजनता डेस्क
३१ भाद्र २०७८, बिहीबार

काठमाडौं । नेकपा एमालेले काठमाडौंमा बृहत्त कार्यकर्ता भेला गरेको छ । कार्यक्रममा प्रमुख अथितिको आसनबाट बोल्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले बृहत्त कम्युनिष्ट आन्दोलनको संकटको घडीमा आफूहरु पुगेको बताएका छन् ।

केही अराजक तत्वहरुले पार्टीलाई विभाजन गर्न खोजेकोले अहिले आन्दोलनमा केही समस्या आएको बताएका छन् । ओलीले भने, ‘विभाजनले एमालेलाई कुनै असर गरेको छैन, हामी थप मजबुद भएर अगाडि बढेका छौँ ।

पार्टीमा माधवकुमार नेपालको कुनै खाँचो नरहेको ओलीले प्रष्ट पारेका छन् । नेपाललाई पार्टीमा ल्याउन खोज्नेहरु उतै जान पनि ओलीले भनेका छन् । माधवकुमार नेपालले रोष्टममा सधैँ गीत गाएर काटेको ओलीको भनाइ छ ।

नेपालले जहिले पनि सरकार ढाल्ने काम गरेको र त्यसमा केही मतियार लागेको पनि ओलीको भनाइ थियो । माधव नेपाललाई मिलाएर लैजाने भन्ने नेताहरुलाई पनि ओलीले कडा कटाक्ष गरेका छन् ।

काठमाडौंमा आयोजित आजको कार्यक्रममा बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपाललाई पार्टीमा आउन आग्रह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्