संखुवासभा घःटना ट्विस्ट : लोकबहादुरका भाई पक्राउ, रञ्जनाको कोठामा यसरी पसे


ओकेजनता डेस्क
३१ भाद्र २०७८, बिहीबार

काठमाडौं । संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हः त्या भएको घटनामा ट्विस्ट आएको छ । अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पः क्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई पनि नियन्त्रणमा लिएको छ ।

लोकबहादुरका भाइ नरेश कार्कीमाथि सोधपुछ भइरहेको संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए । ‘नरेशलाई सोधपुछ गर्दै छौँ’ डिएसपी सुवेदीले भने–‘अनुसः न्धानबाट थप नयाँ तथ्य खुलेको छ ।’

भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हः त्या भएको थियो ।

ह, त्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बरामद गरेका छन् ।

हः त्यापछि संखुवासभा पुगेका केन्द्रीय अनुःसन्धान ब्युरोका डिएसपी रुगम कुँवर, संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र संखुवासभाका डिएसपी लालध्वज सुवेदीसहितको टिमले ५ दिनपछि लोकबहादुरलाई पः क्रेर सार्वजनिक गरेका थिए ।

तेजबहादुर र परिवारका अन्य ५ जनालाई चिः र्पटले हानेर हः त्या गर्दा नरेश प्रत्यक्षदर्शी रहेको थाहा भएको अनुःसन्धानमा संलः ग्न एकजना प्रहरी अधिकृतले बताए ।

‘लोकबहादुरले हः त्या गर्दै गए, नरेश पछि–पछि थियो’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृत भन्छन्–‘अन्तिममा ८४ वर्षीया पार्वती कार्कीलाई हः त्या गरेर लोकबहादुर फर्केपछि पछिपछि लुक्दै गएका नरेश रञ्जना सुत्ने कोठामा पसेर मोबाइल लिएर हिँडेको देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्