देउवाले मन्त्रीका लागि कांग्रेसबाटै मागे नाम


ओकेजनता डेस्क
३१ भाद्र २०७८, बिहीबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बिस्तारको थालनी गरेका छन् । मन्त्रिमण्डल बिस्तार नभएको लामो समय बितिसक्दा चौतर्फी आलोचना भइरहेका बेला उनले मन्त्रिपरिषद् गठनको तयारी थालेका हुन् ।

कांग्रेसको आन्तरिक छलफलमा जुटेका देउवाले शुरुमा पार्टीभित्रबाट मन्त्री छनोट गर्ने तयारी गरेका छन् । गठबन्धनका अरु दलमा मन्त्री नटुंगिएपछि देउवाले यो रणनीति अपनाएका हुन् ।

कांग्रेसबाट मन्त्रीका आकांक्षी धेरै भएपछि देउवाले अर्का वरिष्ठ नेता रामचन्द्र पौडेललाई फोन गरेर मन्त्रीको नाम दिन भनेका छन् । पौडेलले मन्त्रीको सिफारिसका लागि आन्तरिक तयारी थालेका छन् ।

कांग्रेसको १४ औँ आसन्न महाधिवेशनलाई लिएर पार्टीमा सरगमी छाएका बेला मन्त्रिमण्डलको विषय निकालेर देउवाले सबैलाई शान्त पार्न खोजेको बताइन्छ । केही कांग्रेस नेताहरुलाई मन्त्री दिएर देउवा आफू शक्तिशाली हुन चाहान्छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बिस्तारको थालनी गरेका छन् । मन्त्रिमण्डल बिस्तार नभएको लामो समय बितिसक्दा चौतर्फी आलोचना भइरहेका बेला उनले मन्त्रिपरिषद् गठनको तयारी थालेका हुन् ।

कांग्रेसको आन्तरिक छलफलमा जुटेका देउवाले शुरुमा पार्टीभित्रबाट मन्त्री छनोट गर्ने तयारी गरेका छन् । गठबन्धनका अरु दलमा मन्त्री नटुंगिएपछि देउवाले यो रणनीति अपनाएका हुन् ।

कांग्रेसबाट मन्त्रीका आकांक्षी धेरै भएपछि देउवाले अर्का वरिष्ठ नेता रामचन्द्र पौडेललाई फोन गरेर मन्त्रीको नाम दिन भनेका छन् । पौडेलले मन्त्रीको सिफारिसका लागि आन्तरिक तयारी थालेका छन् ।

कांग्रेसको १४ औँ आसन्न महाधिवेशनलाई लिएर पार्टीमा सरगमी छाएका बेला मन्त्रिमण्डलको विषय निकालेर देउवाले सबैलाई शान्त पार्न खोजेको बताइन्छ । केही कांग्रेस नेताहरुलाई मन्त्री दिएर देउवा आफू शक्तिशाली हुन चाहान्छन् ।

 

प्रतिक्रिया दिनुहोस्