आइतबार सार्वजनिक बिदा


ओकेजनता डेस्क
३१ भाद्र २०७८, बिहीबार

काठमाडौं । सरकारले असो ३ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । संविधान दिवसको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको छ ।

मुलुकमा २०७२ सालमा जारी भएको संविधानको रक्षार्थ सबै दल मिलेर अगाडि बढ्नुपर्ने सरोकारवाला बताउँछन् । देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले “नेपालको संविधान २०७२“लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो ।

हजारौं नेपालीहरुको वलिदान, त्याग, तपस्या अनि पसिनाले ल्याइएको यस नेपालको संविधान २०७२ वास्तवमै फलदायी अनि शुभ सावित भएको छ । संघीय गणतन्त्र’ नेपालको संविधान २०७२ द्वारा नेपाल विधि र गणतान्त्रिक शासनको पथमा अघि बढिसकेको छ ।

असोज ३ अर्थात् आजकै दिन २०७२ मा घोषणा गरिएको यो संविधानले २०६३ पौष १ गते त्यसबेलाको ने.क.पा. माओवादी लगायत ८ वटा पार्टीले हस्ताक्षर गरेको संविधान मस्यौदा अनुरूप २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानलाई प्रतिस्थापित गरिदिएर पूर्ण संविधान जारी गरेको हो ।

यसपालाको संविधान दिवस अलिक भिन्न परिवेशमा उभिएको छ । संघीय गणतन्त्र नेपालको हरेक तहको निर्वाचनपछि बहुमतका साथ संसदमा उभिएको सरकारको बहुमतको सत्ताको यो तेश्रो वर्ष भन्दा बढि भइसक्दा निकै आरोह अनि अवरोहहरु देखा परेका छ । सरकारका कदम अनि प्रवृतिले नेपालीजनका लागि संवैधानीक व्यवस्था र लोकतन्त्रको पूर्नख्याख्या गर्दछन् ।

यता, नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संविधान दिवसको दिन असोज ३ गते ‘ब्ल्याक आउट’ गर्न सर्कुलर जारी गरिएको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरले असोज ३ लाई ‘कालो दिन’ को रुपमा मनाउन सबै जिल्ला समितिलाई सर्कुलर गरेका हुन् । अपूर्ण संविधानमा संशोधन गरी आफ्ना मुद्दाहरु सम्वोधनार्थ असोज ३ गते विरोधका कार्यक्रमहरु गर्न उनले जिल्ला संयोजकहरुलाई निर्देशन दिएका छन् ।

‘संविधानमा आफ्ना असहमति राखी हामीले संघर्षहरु गर्दै आएका छौं । त्यस दौरान कयौं वीर सपुतहरुले सहादत प्राप्त गरेको इतिहास कसैबाट लुकेको छैन,’ सर्कुलरमा उनले लेखेका छन्, ‘यस वर्ष पनि असोज ३ गते आ–आफ्नो जिल्ला, पालिका, क्षेत्र, वडाहरुमा कोभिड– १९ लाई मध्यनगर गरी आफूलाई अनुकल हुने खालका कोणसभा, आमसभा, जनप्रदर्शन, अन्तरक्रिया, विचारगाष्ठी, व्याक आउट जस्ता कार्यक्रमहरु गरी कालो दिवस मनाउन सबै जिल्लाहरुलाई आग्रह गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्