ओलीले बुटवलमा गरे नयाँ दाबी


ओकेजनता डेस्क
३० भाद्र २०७८, बुधबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले अब देशको पहिलो दल बन्ने बताउनुभएको छ । रुपन्देहीमा नेता कार्यकर्तासँगको भेटमा ओलीले एमाले अब पहिलो पार्टी बन्ने दाबी गर्नुभयो ।

ओलीले एमालेबाट चोइटिएकाहरु अब बाटो नपाउने पनि बताए । देश र जनताको रक्षार्थ एमालेले अब नयाँ मिसनका साथ नयाँ कार्यक्रम ल्याउने ओलीको भनाइ छ ।

ओलीले जनताको साथमा अब एमाले सधैँ अगाडि बढ्ने बताएका छन् । विगतका दिनमा जेजस्तो भएपनि आगामी दिनमा एमाले यात्रा सुनिश्तिच रहेको ओलीको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस्