सुन्दर ! पूर्वयुवराज्ञी हिमानीको जन्मदिन, कसरी मनाइँदै छ ?


ओकेजनता डेस्क
१४ आश्विन २०७७, बुधबार

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहको बुधबार जन्म दिन । हिमानीको चर्चा उनको सुन्दरताको कारण पनि हुने गर्दछ ।

पूर्व राजपरिवारको पछिल्लो समयको महत्वपूर्ण सदस्य हिमानी शाह अहिले आफ्नै नाममा ट्रष्ट खोलेर समाजसेवामा व्यस्त छिन् । पूर्व युवराज पारस शाहसँग उनको वैबाहिक सम्बन्ध त्यति धेरै सुमधुर हुन सकेको छैन ।

उनको र पारसको सम्बन्धमा चिसो आएको समाचार विभिन्न समयमा सञ्चारमाध्यममा आइरहन्छन् । तर, महत्वपूर्ण पारिवारिक भेटघाटमा पारस र हिमानी साथै पनि देखिएका तस्बीरहरु सार्वजनिक हुने गर्दछन् ।

नेपालको राज घरानाकी पूर्वयुवराज्ञी हिमानी शाहको आज जन्मदिन परेको छ । आजकै दिन १९७६ मा भारतको राजस्थान सिकरमा जन्मे हुर्केकी हिमानी आजबाट ४५ औँ वर्षमा प्रवेश गरेकी छिन् ।

उनका ससुरा ज्ञानेन्द्र शाह नेपालका राजा रहेको बखत तत्कालीन राजदरबारले उनलाई नेपालकै थापाथलीमै जन्मिएको बताएको थियो ।

३ बच्चाकी आमा भएपनि सदावहार सुन्दरी हिमानी शाहलाई जन्मदिनको अवसरमा उनका आफन्त, शुभचिन्तक र सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले शुभकामना दिइरहेका छन् ।

हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यवंशी राजकूलका राजा विक्रम सिंह र रानी विपुला सिंहकी छोरी हुन् । हिमानीको विवाह पारस शाहसँग २५ जनवरी २००० मा भएको थियो ।

उनीहरुका एक छोरा हृदयेन्द्र शाह र दुई छोरी पूर्णिका शाह, कृतिका रहेका छन् ।

पछिल्ला दिनमा ‘हिमानी ट्रस्ट’ नामक सामाजिक संस्थाबाट हिमानी समाजसेवामा व्यस्त छिन् भने छोराछोरीहरु थाइल्याण्डमा बसेर पढाई गरिरहेका छन् ।

पछिल्लो समय हिमानी र उनका छोरीहरुले बनाएको टिकटक पनि भाइरल भएको थियो । कोरोना कहरका कारण यसपालीको उनको जन्मदिन सामान्य रहने छ ।

प्रतिक्रिया दिनुहोस्