सरकारले गर्यो रातारात देशभरीका सिडिओ परिवर्तन


ओकेजनता डेस्क
३० भाद्र २०७८, बुधबार

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गर्ने निर्णय गरेको छ । मन्त्रालयको निर्णयअनुसार सहसचिव घनश्याम उपाध्याय जिल्ला प्रशासन कार्यालय ललितपुरमा सरुवा भएका छन् ।

यस्तै रुद्रादेवी शर्माको जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा भएको छ भने गुल्मीमा पुण्ड विक्रम पौडेलको सरुवा भएको छ ।

यसैगरी काशीराज दाहाल मोरङमा सरुवा भएका छन् भने यसअघि सीडीओ रहेका कोषहरि निरौलालाई गृह मन्त्रालयमा तानिएको छ ।

यसैगरी ललितपुरका सीडीओ डुण्डी प्रसाद निरौला पनि गृह मन्त्रालयमा तानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्