नेकपा एमाले कब्जा गर्ने रणनीति यसरी फेल भयो


ओकेजनता डेस्क
३० भाद्र २०७८, बुधबार

काठमाडौं । नेकपा एमालेका महासचिव विष्णु पौडेलले नेकपा एमाले कब्जा गर्ने माधवकुमार नेपाल र प्रचण्डको रणनीतिलाई फेल गर्न भएपनि पार्टी टुक्र्याउनु परेको बताएका छन् । आन्तरिक रणनीतिमा नेपाल र प्रचण्डले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आउट गर्न खोजेपछि नेकपा एमाले फुटमा गएको दाबी गरे ।

माओवादीलाई चोइट्याइएका प्रचण्डले एमालेलाई पनि सिध्याउन खोजेपछि एमाले अध्यक्षले एक्सन लिनुपरेको पौडेलको दाबी छ । नेकपा माओवादी केन्द्रसँग एकता गर्नुनै गलत भएको पौडेलको भनाइ छ ।

एमालेका निर्वाचित अध्यक्षलाई हटाएर आफ्नो कब्जामा लिने प्रचण्डको मिसन फेल भएपछि अहिले रुवाबासी चलेको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्