काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनले अंगदान गर्ने घोषणा गरेका छन् ।
बच्चनले ट्वीट गर्दै आफूले अंगदान गर्ने जानकारी दिएका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘मैले अंगदान गर्ने संकल्प गरिसकेको छु । मैले यो हरियो रिबन यसको पवित्रताको लागि लगाएको हुँ ।’
ट्वीटरमा उनले आफ्नो फोटो पनि पोष्ट गरेका छन् । जसमा उनले कोटमा हरियो रंगको रिबन लगाएका छन् । उनले ट्वीटमा यसैलाई संकेत गरेका हुन् ।
उनको यस कार्यको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । ७७ वर्षीय अभिनेता बच्चन अहिले पनि सामाजिक सञ्जालमा उतिकै सक्रिय छन् । उनी यतिबेला १२ औँ सिजनको ‘कौन बनेगा करोडपति’ सञ्चालन गरिरहेका छन् ।
केही समयअघि कोरोना भाइरसबाट संक्रमित बनेका उनी संक्रमणमुक्त भएर काममा फर्किसकेका छन् ।