बामदेवसहित तेस्रोधारका नेता नेकपा एसमा, माधवसँग भयो यस्तो सहमति


ओकेजनता डेस्क
२९ भाद्र २०७८, मंगलवार

काठमाडौं । नेकपा एमालेमा उपाध्यक्ष बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएका छन् । एसका अध्यक्ष माधवकुमार नेपालसँग भएको सहमति अनुसार अहिले नै एसले जनताको बहुदलीय जनवादलाई नत्यागेको स्पष्ट भएको स्रोतले जनाएको छ ।

जनताको बहुदलीय जनवादमा टेकेर समाजवादको यात्रा तय गर्ने सहमति अनुसार बामदेव एसमा फर्कने बताइएको छ । अहिले एमालेमा रहेका तेस्रोधारका नेताहरुले पनि बामदेव गौतमलाई भेट गरेका छन् ।

एमालेमा अध्यक्ष ओलीले अन्याय गरेपछि तेस्रो धारका नेताहरु नयाँ रणनीतिमा लागेका हुन् । गौतमसँग एमाले तेस्रोधारका नेताहरुले छुट्टाछुट्टै भेट गरिरहेको बुझिएको छ । गौतम पनि सिंगो कम्युनिष्टलाई एकढिक्का भएर अगाडि लैजाने कुरामा सकारात्मक देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्