लोकबहादुर कार्कीको कन्फिडेन्स देखेर प्रहरी चकित, जब यो क्ल्यू मिल्यो


ओकेजनता डेस्क
२८ भाद्र २०७८, सोमबार

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको पिल्लर वानका डीएसपी हुन् रुगमबहादुर कुँवर । ठूला अपःराधका घटनामा अनुसन्धान गर्ने सीआईबीको यो पिल्लरका डीएसपी कुँवरलाई भदौ २२ गते बिहानै ‘वान सर’ (सीआईबीका डीआईजी धिरजप्रताप सिंह) को फोन आयो– तिमी सङ्खुवासभा जानुपर्ने भयो, तयार हुनु ।

त्यसपछि कुँवर आफ्ना दुईजना सहकर्मीहरु इन्स्पेक्टर मणिराम थापा र सई सूर्यभक्त श्रेष्ठलाई साथमा लिएर सङ्खुवासभातर्फ हानिए । भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङमा एकै परिवारका ६ जनाको हः त्या भएको घःटना संवेदनशील भएको र घःटनामा कुनै आपःराधिक गिरोहको संलग्नता हुनसक्ने भन्दै प्रहरी महानिरीक्षककै जोडबलमा जिल्ला प्रहरी कार्यालय, प्रदेश नम्बर १ प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोली परिचालन गरेर अनुसःन्धान अगाडि बढाएको थियो । सोही टोलीका एक सदस्य थिए– सीआईबीका डीएसपी कुँवर ।

भदौ २२ गते बिहानै कुँवरको टोलीले काठमाडौँबाट तुम्लिङटारका लागि उडान भर्यो । अनि तुम्लिङटारबाट चैनपुर इलाका प्रहरी कार्यालय हुँदै साँझ साढे ७ बजे बल्ल घटःनास्थल पुग्यो, जतिबेला त्यहाँबाट शःवहरू उठिसकेका थिए ।

पहिलो दिन काठमाडौँबाट गएको सीआईबीको टोलीले केही काम गरेन । त्यहाँ अस्थायी क्याम्प बनाएर बसेका प्रहरीसँग टोलीले घटनास्थलको विवरण माग ग¥यो र वस्तुस्थिति बुझ्ने काम ग¥यो ।

भदौ २३ गते बिहानै सीआईबी, प्रदेश नम्बर १ प्रहरी र जिल्ला प्रहरी कार्यालयको टोली पनि घटःनास्थल हेर्न पुगे । तेजबहादुरको शव घरभन्दा करिब १०७ दशमलव ८७ मिटरको दुरीमा भेटिएको तथ्य पाइयो । तेजबहादुरको शःव रहेको स्थानबाट चिःच्याउँदा अरूले पनि सुन्ने भएकाले तेजबहादुरले गुहार मागेको र तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जना पनि घटःनास्थलतर्फ आएको प्रहरीले अनुमान ग¥यो ।

 

तर, अपःराधीले अपःराधको पोल खुल्ने डरले तेजबहादुरकी श्रीमती कमला, बुहारी रञ्जनालाई पनि त्यहीँ चिर्पट प्रहार गरी मःारेको प्रहरीले निष्कर्ष निकाल्यो । उनीहरूको शःव घरभन्दा ७८ दशमलव ४८ मिटरको दुरीमा थियो ।

उनीहरूले कराएको सुनेपछि दुईजना बालबालिका विपिन र गोमा पनि घटःना भएतर्फ गएको प्रहरीको विश्लेषण छ । तर, अपःराधीले उनीहरूलाई देखेपछि लखेट्दै पहिले विपिन र पछि गोमाको हःत्या गरे । विपिनको शःव घरभन्दा ४० दशमलव २७ मिटर र गोमाको शःव घरभन्दा ३६ दशमलव ९६ मिटर टाढा भेटिएको थियो ।

अब घरमा ८७ वर्षका बुद्धमान कार्की र ८४ वर्षीय पार्वती कार्की मात्रै बाँकी थिए । कुँडो पकाउँदै गरेकी पार्वती कार्की आँखा पनि देख्ने र कान पनि सुन्ने भएका कारण घटःनाबारे उनले पनि थाहा पाएको हुनसक्ने ठानेर अपराधीले उनलाई पनि प्रहार गरी मारेको अनुसःन्धान टोलीले निष्कर्ष निकाल्यो ।

८७ वर्षीय बुद्धमानलाई छाड्नुको कारणचाहिँ उनी कान पनि नसुन्ने र आँखा पनि त्यति नदेख्ने भएका कारण उनी बचेको प्रहरीको निष्कर्ष थियो । घटना चिने जानेकै व्यक्तिले गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष थियो ।

सुरुमा लुटपाटको उद्देश्य वा आर्थिक कारणबाट घटना भएको हो कि भनी प्रहरीले त्यसतर्फबाट अनुसन्धानको सुरुवात ग¥यो । तर, घटनापछि महिलाहरूको शरीरमा भएको सुन नलुटिएको, घरमा भएको सुन र नगद पनि यथा अवस्थामै रहेका कारण लुटपाटको उद्देश्यबाट घटना नभएको प्रहरीले निष्कर्ष निकाल्यो ।

तेजबहादुरसँग रिसिइबी, झैझगडा, साँध–सिमाना विवाद, लेनदेन, झापामा किन्न लागिएको जग्गा आदिको सम्बन्ध केलाउँदै प्रहरी अनुसन्धानमा अगाडि बढ्यो । तर, बाहिरबाट मान्छे आएर हत्या गर्नसक्ने आधार र आएकोबारे केही जानकारी नभएपछि प्रहरीले स्थानीय चार व्यक्तिलाई शङ्कितको सूचीमा राखेर अनुसन्धान गर्न थाल्यो ।

 

चारजना शङ्कितमध्ये एक लेनदेनसँग सम्बन्धित व्यक्ति थिए, अर्का सिमाना जोडिएका र बाँस काटेको निहुँमा तेजबहादुरसँग झगडा गरेका व्यक्ति थिए । त्यसै गरी अर्का व्यक्ति स्थानीय थिए, जो तेजबहादुरसँग झगडा गरी तेजबहादुरलाई मार्ने धम्की दिएका व्यक्ति थिए । र, चौथो व्यक्तिचाहिँ तेजबहादुरकै भतिजा पर्ने लोकबहादुर कार्की थिए ।

लोकबहादुर यसकारण पनि प्रहरीको शङ्कितमा सबैभन्दा अगाडि थिए कि तेजबहादुरलाई पहिलो पटक प्रहार भएको स्थानभन्दा ठीक २५ मिटरको दुरीमा लोकबहादुर कार्कीको घर थियो । तेजबहादुर हिँडेको बाटोबाट लोकबहादुरको मात्रै घर जान सकिन्थ्यो र उक्त बाटो नियमित बाटो पनि थिएन । तेजबहादुरको घरभन्दा ८० मिटरको दुरीमा खोल्सी थियो र त्यहाँ कराउँदा पनि अरूले सुन्ने सम्भावना ज्यादै कम थियो । त्यसकारण उक्त अपराधमा लोकबहादुरको संलग्नता हुन सक्ने सम्भावना अन्यभन्दा बढी थियो ।

सोही आधारमा चारजनालाई नै शङ्कितमा राख्दै गरिएको अनुसन्धानमा अन्यको संलग्नता बिस्तारै हट्दै गयो र शङ्कितको सूचीमा लोकबहादुर कार्की एक्लै रहे ।

प्रहरीले भदौ २४ गतेदेखि प्रत्येक दिन लोकबहादुरसँग कुराकानी गर्न थाल्यो । तर, लोकबहादुर कार्कीले आफ्नो संलग्नता अस्वीकार गरिरहे । प्रहरीसँग कुराकानी गर्दा लोकबहादुर कत्ति पनि आत्तिएका थिएनन् ।

उनी बढो कन्फिडेन्सका साथ घटनाबारे प्रहरीलाई जानकारी गराइरहेका थिए । अझ घटना लुटपाटकै उद्देश्यबाट कसैले गराएको उनी प्रहरीलाई बताइरहेका थिए । को हुन सक्छ भन्ने सम्बन्धमा भने उनले अनभिज्ञता जनाइरहेका थिए ।

 

तेजबहादुरको शःव देख्ने पहिलो व्यक्ति लोकबहादुर नै थिए । लोकबहादुरले नै पहिलो पटक तेजबहादुरको शव देखेर नातामा भाइ पर्ने कवि कार्कीलाई बोलाएका थिए । तेजबहादुरलाई पहिलो पटक प्रहार भएको स्थानबाटै चिच्याएर उनले भाइलाई बोलाएर बडाबा (तेजबहादुर) को लाः स तल रहेको बताए ।

तर, लोकबहादुरले जुन स्थानबाट कवि कार्कीलाई बोलाएर लाःस रहेको भनेका थिए, उक्त स्थानबाट तेजबहादुर लडिरहेको स्थानमा देख्न सकिने अवस्था थिएन । अलि तन्किएर हेरे पनि घोप्टो परेको अवस्थामा देखिएको व्यक्तिको टाउकोमात्रै देखिन्थ्यो तर, त्यो शःव नै हो भन्ने यकिन हुन सक्ने अवस्था थिएन ।

दोस्रो, घोप्टो परेको अवस्थामा रहेको शःव तेजबहादुरकै हो भनेर चिन्न सक्ने अवस्था पनि थिएन । तर, भाइलाई बडाबाको शःव भनेर उनले भनिसकेका थिए ।

जब प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान गर्न थाल्यो र सोधपुछ गर्न थाल्यो । तब कवि कार्कीले पहिलो पटक दाइ लोकबहादुरले आफूलाई भनेको र आफू आएको बताए । कुन स्थानबाट कसरी भनेका थिए भनेर प्रहरीले सिन रिक्रिएट गर्दा जुन स्थानबाट लोकबहादुरले चिच्याएर भनेका थिए, त्यो स्थानबाट शःव देख्न सक्ने अवस्था पनि थिएन । दोस्रो, घोप्टो परेको अवस्थामा रहेको शव तेजबहादुरकै हो भन्ने अवस्था पनि थिएन ।

 

प्रतिक्रिया दिनुहोस्