बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डे बन्दै


ओकेजनता डेस्क
२७ भाद्र २०७८, आईतवार

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेशको संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन हुनुभएको छ ।

आइतबार मकवानपुरको हेटौँडामा बसेको संसदीय दलको बैठकले संसदीय दलमा पाण्डेलाई चयन गरेको हो । बागमती प्रदेश सभामा पार्टीका १३ सांसद छन् । १ सय १० सदस्य रहेको बागमती प्रदेशमा बहुमतमा रहेको नेकपा एमालेका ५६ मध्ये १३ सांसद एकीकृत समाजवादीमा आवद्ध भएपछि अष्टलक्ष्मी शाक्यको सरकार अल्पमतमा परेको छ ।

केन्द्रीय राजनीति अनुसार, बागमती प्रदेश सरकार माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई दिइने भए अब कांग्रेसका २२ र माओवादीका २३ सांसदको समर्थनसहित १३ सांसद रहेको एकीकृत समाजवादीले सरकारको नेतृत्व गर्नेछ र नयाँ मुख्यमन्त्री पाण्डे हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्