संसद चलाउन सभामुखको नयाँ आइडिया


ओकेजनता डेस्क
२७ भाद्र २०७८, आईतवार

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा बैठक निरन्तर अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले परामर्श थालेका छन् ।

१५ मिनेट बैठक स्थगित गरेर उनले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, एमाले सांसद खगराज अधिकारी लगायतसँग छलफल गरिरहेका छन् ।

साथमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की समेत सहभागी छन् । आजको प्रतिनिधिसभा बैठकका लागि १९ वटा कार्यसूची तय गरिएपनि एमालेको अवरोधपछि बैठक अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्