प्रेम आलेलाई पर्यटन र झाँक्रीलाई भौतिक पूर्वाधार मन्त्रालय


ओकेजनता डेस्क
२७ भाद्र २०७८, आईतवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रिमण्डल बिस्तारको तयारी गरेको छ । प्रधानमन्त्री देउवाले नेकपा एकीकृत समाजवादीबाट मन्त्री बन्नेको लिस्ट मागेका छन् ।

एकीकृत समाजवादीले केही मन्त्रीको टुंगो लगाउन बाँकी रहेपनि दुई जना सांसद सरकारमा जाने निधो गरिसकेको छ । बाँकी ४ जनाको बारेमा छलफल जारी रहेको नेकपा एस स्रोतले जनाएको छ ।

मन्त्री बन्नेमा प्रतिनिधिसभा सदस्य प्रेम आले र समानुपातिक सांसद रामकुमारी झाँक्रीको टुंगो लागिसकेको छ । आलेलाई पर्यटन र झाँक्रीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सुम्पिने बताइएको छ ।

मन्त्रिपरिषद् बिस्तारमा ढिलाइ भइरहेका बेला प्रधानमन्त्री देउवाको आलोचना पनि भइरहेको छ । तैपनी उहाँले मन्त्रिमण्डल टुंग्याउने तयारी गरिरहेका छन् । जसपाले पनि मन्त्रीको लिस्ट तयार पारिसकेको जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्