संसदमा मौन देखिएका तेस्रोधारका नेता संकटमा…


ओकेजनता डेस्क
२६ भाद्र २०७८, शनिबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा आफूलाई बलियो प्रतिपक्षी बनाउन खोजिरहेको छ । एमाले चाहान्छ की, आफूले भनेजस्तै संसदमा होस् । सभामुखको भूमिकामा परिवर्तन आओस् ।

एमालेले जुन कुरा चाहेको छ, त्सको ठिक विपरित संसदमा भइरहेको छ । शुक्रबार चलेको संसदमा गठबन्धनको सरकारले पेलेरै बजेट प्रतिस्थापन विधेयक पास गर्यो । बजेटको आकार घटाएर वितरणमुखी बनाउने प्रयास गर्यो ।

सभामुख अग्निप्रसाद सापकोटाले पहिलो चरणमा एमालेको नाराबाजीका कारण १५ मिनेट बैठक स्थगित गरे । त्यसपछि पुनः संसद सुचारु भयो । संसद सुचारु भएलगत्तै फेरि नाराबाजी शुरु भयो त्यसपछि सभामुखले संसदमा आफ्नो उपस्थिति बलियो बनाए । एमालेका सांसदहरुले संसदमै रेस्लरको भूमिका प्रस्तुत गर्न थाले ।

संसदमा देखिएको दृष्यमा तेस्रोधारका प्रायः नेताहरु नाराबाजीमा संलग्न भएनन् । उनीहरु भीड भन्दा अलि टाढा नै बसे । केही सांसदहरु भने मर्यादापालकको बुँई चढेर, टोकेर भएपछि अर्थमन्त्री जनार्दन शर्मासँग पुग्न चाहान्थे । तर, मर्यादापालकको कडा निगरानीका कारण उनीहरु रोस्टमसम्म पुग्न पाएनन् ।

कतिपय सांसदले अर्थमन्त्रीलाई हिर्काउनका निम्ति माइक नै चुडाए, तर हातबाट माइक छोड्न भने हिम्मत गरेनन् । अहिले एमालेभित्र पनि तीन पंक्ति रहेको छ । पूर्वमाओवादी आएका नेता, तेस्रोधारका नेता र ओलीसँगसँगै लामो समय साथ दिइरहेका नेता । अहिले संसदमा पनि ओलीकै निकटहरुले नाराबाजी गरिरहेका छन् ।

केही एमाले नेताहरुका अनुसार संसदभित्र मर्यादामा बस्न पार्टीको निर्देशन भइसकेको छ । अब उप्रान्त त्यस्तो उपद्रो हुने छैन ।

प्रतिक्रिया दिनुहोस्