मन्त्री पम्फा भुसालको चौतर्फी आलोचना शुरु, आखिर के गरिन् ?


ओकेजनता डेस्क
२६ भाद्र २०७८, शनिबार

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालको पहिरनको विषयलाई लिएर सामाजिक सञ्जालमा आपत्ती जनाइएको छ । लामो समय जनयुद्ध लडेका बाल सैनिक लेनिन विष्टले नै भुसालले शिष्टता सिक्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘कस्तो कपडा लगाउने मानिसको निनान्त ब्यक्तिगत कुरा होला तर सार्वजनिक व्यक्तीले समाजको सामुहिक भाबना पनि बोक्नु पर्छ होइन र ?

चियापसल देखि तारे होटेल सम्म, स्थानीय देखि राष्ट्रिय संचारमाध्यम सम्म जताततै छाएको एमसीसीले देशै टुक्रिएला कि भनेझै बहस चलेको बेला यो फोटोको दुई नारी पात्रको पहिरनले हामी नेपालीहरुको आजको अबस्था बोलेकोछ ।

अत्याधुनिक समाजमा पढे, बढेकी फातिमाले आफ्नो संस्कार बोकेको छनक पाईन्छ तर नेपाली मौलिकतालाई पष्चगमन करार गरेकी एबmउजब द्यजगकब िम्याडमको यो छायाचित्रले नेपालीपन र नेपाली राष्ट्रियता कहाँ झल्किन्छ ? दृिष्ट दोष नहोस्, मैले अग्रगमन कुनै कोणबाट भेटिन ,,

नेपालमा बर्णशंकर समाजको निर्माण गरेर हामी हाम्रो बिनासलाई निम्त्याइ रहेछौ ।’

एमसीसी उपाध्यक्ष फातिमाको पहिरन संस्कारी रहेको टिप्पणी गरिएको छ । उसो त फम्फा भुसाल दैनिक यस्तै ड्रेस लगाउने गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्