संखुवासभा प्रकरणमा कार्की परिवारकै व्यक्ति संलग्न


ओकेजनता डेस्क
२६ भाद्र २०७८, शनिबार

काठमाडौं । सङ्खुवासभामा भएको सामूहिक ह:त्या काण्डको आरोपीले आफ्नो अप;राध स्वीकार गरेका छन् । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा लाेकबहादुर कार्की रहेका छन् । उनी ह:त्या गरिएका कार्की परिवारका आफन्त हुन् ।

गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको ह त्या भएको थियो । उक्त ह त्याका ण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की ह:त्या भएको थियो ।

घ टनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात रहेको प्रहरीले अनुमान गरेको थियो । सोही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले स्थानीय कार्कीलाई प:क्राउ गरेपछि घट नामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । व्यक्तिगत रिसिबीका कारण ह:त्या भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कार्की परिवारको १३ दिने नाता पर्ने व्यक्ति भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीले जानकारी दिए । उनको घर कार्की परिवारको घरको सबैभन्दा नजिक रहेको डिआइजी बिसीले जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार आरोपीले केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरीसमक्ष आफ्ना अप:राध कबुल गरेको हो । घटनास्थलमा सिआईबीका डिएसपी रुगम कुँवर नेतृत्वका ३ जना प्रहरी अधिकारी अनुसन्धानका लागि खटिएका थिए । यद्यपि घटनास्थलमा खटिएका प्रहरीले भने यस सम्बन्धमा केही बताउन चाहेका छैनन् ।

ठूला अप;राधका घटनाको अनुसन्धानमा सक्रिय सिआईबीलाई यो घटनामा पनि सफलता प्राप्त भएको हो । यसअघि बैतडीमा भएको भागरथी ह;त्या प्रकरण र बझाङमा भएको सम्झना विकको हत्;या अनुसन्धानमा पनि सिआईबीले नै अनुसन्धान गरेको थियो ।

अभियुक्तलाई आइतबार चैनपुरमा सार्वजनिक गर्ने प्रहरीले तयारी गरिरहेको स्रोतले बतायो ।

 

प्रतिक्रिया दिनुहोस्