जनताको घरदैलोमा नेकपा डोटी, बडिकेदारमा १२० जना पार्टी प्रवेश


ओकेजनता डेस्क
१४ आश्विन २०७७, बुधबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीले कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई तीब्रता दिएको छ । कोरोना जोखिमलाई ध्यानमा राखी संगठन बिस्तार र प्रशिक्षणमा नेकपा डोटी जुटेको हो ।

कोरोनाको त्राहीमामका कारण केही समय जनतासम्म पुग्न नसकेका कारण नेकपा डोटीले अहिले भने सावधानी अपनाउँदै आफ्नो अभियान तीब्र पारेको छ ।

गाउँमा नेकपाको उपस्थितिले जनताहरु हौँसिएका छन् । हिजोका दिनमा जनताको सुख, दुःखमा साथ दिन्छौँ भन्दै निर्वाचन जितेका कतिपय जनप्रतिनिधि काठमाडौं र प्रदेश केन्द्रीत भएका बेला नेकपा डोटी भने गाउँ अभियानमा सक्रिय बनेको छ ।

कार्यतालिका अनुसार मंगलबार बडिकेदार गाउँपालिकामा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त भेलामा नेपाली कांग्रेस परित्याग गरी नेपाली कांग्रेस बर्छैन गाविसका पूर्व सभापति टेकबहादुर बोहरासहित १ सय २० जना नेकपामा प्रवेश गरेका छन् ।

पछिल्लो समय नेकपाप्रति जनताको मोह बढ्दै गएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्