एमसीसी उपाध्यक्ष भेट : प्रचण्ड भेटमा ह्वाइट, ओली भेटमा ब्ल्याक किन ? (तस्बिर)


ओकेजनता डेस्क
२५ भाद्र २०७८, शुक्रबार

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेको अमेरिकी परियोजना एमसीसीका उपाध्यक्ष फतिमा सुमारको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले भेट गरेको छ ।

भेटमा अध्यक्षले एमसीसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताउनुभयो । उहाँले देशको अग्रगमनको संवाहक वर्तमान गठबन्धनलाई बलियो बनाउनु प्रमुख प्राथमिकता रहेको बताउनुभयो ।

भेटमा उपाध्यक्ष सुमारले आफू नेपाल कुनै दबाबका लागि नभई एमसीसीबारे स्थिति बुझ्न आएको बताउनुभयो । यसबारे राजनीतिक दलहरूले नै निर्णय गर्ने बताउनुहुँदै सकारात्मक निर्णय हुनेमा आफू आशावादी रहेको उहाँको धारणा थियोे ।

फतिमाको पहिरन
पछिलो समय नेपालमा आएको एमसीसी प्रतिनिधिमण्डलको टोलीले नेपालका शीर्षस्थ नेताहरुसँग भेट गरिरहेको छ । यो बीचमा एमसीसी उपाध्यक्ष समेत रहेकी फतिमाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्दा कालो पहिरन लगाइन् ।

उनको पूरै पहिरन कालो मात्रै थिएन, मास्क समेत कालो पहिरिएकी थिइन् । पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली कालो भन्ने बित्तिकै मन नपराउने व्यक्ति हुन् । तर, बिहीबारको भेटमा फतिमाले कालो पहिरनका साथै उपरखुट्टी लगाएर भेट गर्दाको दृष्यको अहिले चर्चा भएको छ ।

सोही क्रममा आज माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट गर्दा फतिमाको पूरै ड्रेस ह्वाइट रहेको थियो । प्रचण्डलाई भेट गर्दा फतिमा सामान्य रुपमा प्रस्तुत भएकी थिइन् । कुनै बेला कालो देख्नासाथ भाग्ने ओली बिहीबारको दिन किन बिर्सिए भन्ने चौतर्फी बहस हुन थालेको छ ।

सामान्यतया ओलीले आफै कालोको विरोध गर्न शुरु गरेकोले पनि यो विषय पेचिलो बनेको हो ।

प्रतिक्रिया दिनुहोस्