एमसीसीबारे बुझाउन खुमलटार पुगिन फातिमा, प्रचण्डले यस्तो भने


ओकेजनता डेस्क
२५ भाद्र २०७८, शुक्रबार

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड भेट्न एमसीसी उपाध्यक्ष फातिमा सुमार पुगेकी छिन् । केहीबेर अघि पनि प्रचण्ड भेट्न खुमलटारस्थित निवास पुगेकी हुन् ।

प्रचण्डसँग भेटेर उनले एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउन प्रयास गर्ने छिन् । तर, प्रचण्डले यसअघि नै एमसीसी पारित नगरिने बताइसकेका छन ।

हिजो नेपाल आएकी उनले एमाले अध्यक्ष केपी ओलीबाट भेटवार्ता सुरु गरेकी थिइन् भने नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग पनि भेट गरेकी थिइन् । आजै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेट्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्