एमसीसीबारे ईश्वर पोखरेल, विष्णु पौडेलले पनि ओलीलाई यस्तो भने


ओकेजनता डेस्क
२४ भाद्र २०७८, बिहीबार

काठमाडौं । नेकपा एमाले पनि एमसीसी पारित गर्न नहुने पक्षमा बहुमत भएपछि अध्यक्ष केपी शर्मा ओली चिन्तामा परेका छन् । एमसीसीको विपक्षमा एमाले उपाध्यक्ष डा. भीम रावल उभिएपछि धेरै नेताहरुले यो लय समातेका छन् ।

एमसीसी पास हुन नहुने भन्दै ईश्वर पोखरेल र विष्णु पौडेल गर्जिएपछि पनि ओलीलाई तनाब भएको हो । ओली वरपरका निकटस्थहरुले एमसीसी पारित गर्नुपर्ने बताएतापनि शीर्षस्थ नेताहरुले मानेका छैनन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि एमसीसी यथास्थितिमा पारित नहुने बताइसकेका छन् । तर, एमसीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा तम्सिएपछि मुलुकका नागरिक चिन्तामा परेका छन् ।

एमसीसीकी उपाध्यक्ष फतिमा नेपाल आएसँगै यसबारे धेरैले चासो देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्