काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही यस्ता नेताहरु छन् जसलाई प्रधानमन्त्री ओलीले चाहेर पनि मन्त्रीबाट च्यूत गर्न सक्दैनन् ।
उनीहरुलाई मन्त्रीमण्डलमा समेट्नैपर्ने बाध्यता आखिर प्रधानमन्त्रीलाई किन ? भन्ने सवाल अहिले चौतर्फी उठेको छ ।
उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यता मुख्यमन्त्रीमा प्रदेश ५ मा शंकर पोखरेल, गण्डकी प्रदेशमा पृथ्वी सुब्वा गुरुङ, प्रदेश १ मा शेरधन राईलाई पाँचवर्षे कार्यकाल निस्फिक्री फापेको छ ।
उनीहरुलाई सत्तात्यूत गराउँदा नेकपामा हलचल पैदा हुनसक्ने केही नेताको आंकलन छ ।
उसो त नेकपाका उपाध्यक्ष एवम् राष्ट्रियसभा सदस्य बामदेव गौतम पनि पार्टीमा शक्तिशाली नेताका रुपमा चिनिनुहुन्छ । यसपाली भने बामदेवलाई मन्त्री पद ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तै भएको छ । गौतमलाई मन्त्री बन्न संविधान बाधक बनेको छ ।
प्रधानमन्त्रीका प्रिय पात्र तत्कालीन सञ्चार मन्त्री गोकुल बास्कोटा प्रेस प्रिन्ट मेसिन काण्डमा मुछिएपछि अहिले अर्का विश्वास पात्र महेश बस्नेतको दौडधुप बढेको छ ।
बस्नेत यसपूर्व उद्योग मन्त्री बनेका थिए । यसअघि एक सञ्चारमाध्यममा बस्नेतले ओलीका लागि धरहराबाट हाम फाल्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।
प्रचण्डकी बुहारी बिना मगर भने यसपाली मन्त्रीबाट नजोगिने निश्चित प्रायः छ । प्रचण्डमाथि नै नातावादको आरोप लागेपछि उनले बिनालाई मनाउन थालेका छन् ।
नेकपामा केही यस्ता नेताहरु छन् उनीहरुलाई सत्ता मोह तीब्र छ ।
पछिल्लो समय नयाँ पुस्ताबाट पनि मन्त्री बन्नेको होडबाजी नै चलेको छ ।