नेपालमा एमसीसी पास नहुने, संसदमा यस्तो चाहिन्छ मत


ओकेजनता डेस्क
२४ भाद्र २०७८, बिहीबार

काठमाडौं । अमेरिकी परियोजना मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)का कारण यतिबेला नेपालका राजनीतिक दलबीच मतभेद देखिएको छ । प्रधानमन्त्री बनेको दुई महिना बितिसक्दा पनि सरकार गठन गर्न नसकेका शेरबहादुर देउवालाई अहिले अर्को पिरलो छ ।

एमसीसीका उपाध्यक्ष फतिमाको टोली आज बिहान ९ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिदैछ । मुलुकमा एमसीसीको चर्को विरोध भइरहेका बेला अमेरिकी टोली नेपाल आउनु रहस्यमय रहेको जानकारहरु बताउँछन् ।

अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि प्रधानमन्त्री देउवासँग टाढिएका छन् । प्रधानमन्त्री देउवाले पनि एमालेसँग साँठगाँठ गर्न खोजिरहेका छन् । तर, एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले सरकारसँग सम्झौत ागर्ने पक्षमा देखिएका छैनन् ।

अहिले देउवाले आफ्ना दूतहरु पठाएर तारन्तार ओलीलाई भेट्न पठाइरहेका छन् । बालकोटमा कांग्रेसका नेताहरु दिनहुँ पुगिरहेको स्रोतले बताएको छ । ओली पनि गठबन्धनमा तुसारापात आएको हेर्न चाहान्छन् । उनको यो ईच्छा चाँडै पूरा हुने संकेत छ ।

संसदबाट एमसीसी पास हुनका लागि एमालेको सहयोग बिना सम्भव छैन । कुनै पनि नियम, कानूनको तर्जुमा गर्दा दुई तिहाइको मत चाहिन्छ । पार्टीका शीर्षस्थ नेताहरुसँग बोल्न नसकेपनि एमाले, कांग्रेस, माओवादी भित्रकै धेरै सांसद एमसीसीको पक्षमा मत हाल्न तयार छैनन् ।

अहिले सबै दलका नेताहरुलाई एमसीसीबारे बुझाउने प्रयास भइरहेको स्रोत बताउँछ । सामान्यतया यो भन्दा अगाडि पनि नेपालमा विभिन्न मुलुकको सहयोग आएको छ । तर, एमसीसीको डिजाइनमा अन्य सहयोग नेपालले लागू गरेको छैन ।

अहिले अमेरिकी सहयोग एमसीसीलाई संसदबाट अनुमोदान गर्ने हो भने अन्य देशहरुको सहयोगलाई कसरी लिने भन्ने नैतिक प्रश्न उब्जिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्