आजै संसदमा एमसीसी टेबल हुने भएपछि भीम रावलको नयाँ खुलासा

ओकेजनता डेस्क
२३ भाद्र २०७८, बुधबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गठबन्धन सरकारले अमेरिकी परियोजना मिलिनियम च्यालेञ्ज कम्प्याक्टलाई आजै पारित गर्ने सोच बनाएको भन्दै नेकपा एमाले क्रूर बनेको छ । लामो समयदेखि एमसीसीको विरोध गर्दै आएका एमाले उपाध्यक्ष भीम रावलले नेपाली जनतामाथि दबाबपूर्ण रुपमा एमसीसी लाद्न खोजेको जिकीर गर्दै आएका छन् ।

भीम रावलले एमसीसीबारे स्पष्ट धारणा नबनाएर सरकारले हचुवाका भरमा पारित गर्न खोज्नु सिंगो नेपालीको अपमान भएको बताएका छन् । प्रधानमन्त्री देउवाले एमसीसीको प्रक्रिया धेरै अगाडि बढिसकेको भन्दै छिट्टै पारित गर्नुपर्ने बताएका छन् ।

देउवा एमसीसीको विरोध गर्नासाथ झोक्किने, चर्किने गर्न थालेका छन् । यता, नेकपा एमालेका उपाध्यक्ष रावलले एमसीसी अब कुनै पनि हालतमा पास गर्न नहुनेमा जोड दिएका छन् । आजै संसदमा एमसीसी टेबल हुने भएपछि रावलले यसको डटेर विरोध गर्न भनिसकेका छन् ।

रावलले भनेका छन्, ‘हामी पुनः संकटको घडीको सामना गरिरहेका छौ, राष्ट्रलाई जानीजानी भूमरीमा फाल्ने काम भइरहेको छ, यसको खुलेर सामना गरौँ । सरकारको निरंकुश र स्वेच्छाचारी प्रवृत्तिविरुद्ध सबै एकजुट बनौ ।’

प्रतिक्रिया दिनुहोस्