संखुवासभामा एकै परिवारका ६ जनाको हःत्या


ओकेजनता डेस्क
२१ भाद्र २०७८, सोमबार

काठमाडौं । संखुवासभाको मादी नगरपालिका वडा नम्बर १, खोला गाउँका एकै घरका ६ जनाको हःत्या भएको छ ।

गएराति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिःलो हतिःयार प्रयोग गरी ह,त्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी जानकारी दिनुभयो ।

आज बिहान छिमेकीले सबैलाई मृःत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । अज्ञात समूहको धारिलो हतिःयार प्रहारबाट स्थानीय ५८ वर्षीया तेजबहादुरकी आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाती दीपक कार्की र नातिनी गोमा कार्की मृःत अवस्थामा भेटिएको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्