देउवाले मन्त्रिमण्डल बिस्तार रोक्नुको रहस्य बाहिरियो


ओकेजनता डेस्क
२१ भाद्र २०७८, सोमबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल बिस्तारका लागि आज अन्तिम छलफल गर्ने भएका छन् । गठबन्धनको सरकारमा गएका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायत ससाना दलहरुले मन्त्रीको टुंगो नलगाउँदा मन्त्रिमण्डल बिस्तार हुन नसकेको प्रधानमन्त्री देउवा निकट स्रोत बताउँछ ।

तर, यता सरकारमा सहभागी दलहरुले मन्त्रीको टुंगो लगाएपनि प्रधानमन्त्री देउवाले प्रतिपक्षी दल एमालेसँग साँठगाँठ शुरु गरेपछि मन्त्रिपरिषद् बिस्तारमा ढिलाइ भएको स्रोत बताउँछ । यतिबेला अमेरिकी परियोजना एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने देउवाको चुनौती बनेको छ ।

तत्कालीन समयमा सरकारमा हुँदा एमसीसी पास गर्नुपर्ने बताएका पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले अबको स्थितिमा एमसीसी पास हुन नसक्ने बताउँदै आएका छन् । ओलीको तिगडमलाई बुझेका देउवाले आपसी सहमतिमा एमसीसी पारित गर्ने शर्तमा सरकार बिस्तार गर्ने रणनीति अख्तियार गरेको उच्च स्रोत बताउँछ ।

यतिबेला एमाले प्रतिपक्षी दल बनेलगत्तै उसलाई थप सहज बनेको छ । सिंगो जनता एमसीसीको विपक्षमा रहेको बेला सरकारलाई पारित गराउन समस्या भएको छ । एमसीसी लागू हुने देशको सूचीमा रहेको श्रीलंकाले संसदबाट पारित गर्न नखोज्दा अमेरिका आफै ब्याक सरेको थियो ।

नेपालको हकमा पनि एमसीसी लम्बिँदै जानुमा यो पास नहुने छनक त देखिएको छ तर पनि यसलाई पारित गराउनका निम्ति लाग्ने केही तत्वले भने सरकारलाई दबाब दिइरहेको छ । केही जानकारका अनुसार एमसीसी पास गराउन मरिहत्ते गर्नुको कारण केही दल यसमो परिबन्धमा परिसकेका छन् ।

केही नेताहरुले भने एमसीसी पास हुनु देशघाती हुने पनि बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्