तपाईंको आज (२०७७ साल असोज १४ गते)


ओकेजनता डेस्क
१४ आश्विन २०७७, बुधबार

मेष– मनोरञ्जन खर्च बढी हुनेछ । व्यापार सामान्य हुनेछ । काममा सफलता पाइनेछ ।
वृष– राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ । कर्मको फल मिल्नेछ ।

मिथुन– अधुरा काम शुरू हुनेछ । घरायसी काममा बाधा आउनेछ । मनमा शंका पर्नेछ ।
कर्कट– स्वास्थ्यमा धन खर्च हुनेछ । यात्रामा अवरोध पर्नेछ । विवादको सृजना हुनेछ ।

सिंह– व्यावसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।
कन्या– स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन्, प्रतिष्पर्धाको सामना हुनेछ ।

तुला– सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी खर्च हुनेछ । आम्दानीका अवसर गुम्नेछन् ।

वृश्चिक– घरायसी कुराले तनाव आउनेछ । । काममा शंकाले बाधा गर्नेछ । व्यापारमा लाभ हुनेछ ।

धनु– दाजुभाइको मित्रतामा सुधार हुनेछ । यात्राको मजा मिल्नेछ, उत्साह बढेर जानेछ ।
मकर– सम्पत्तिको लोभ बढ्नेछ । भोजनको सुख मिल्नेछ, कुटुम्ब भेटघाट हुनेछ ।

कुम्भ– नयाँ काममा योजना बन्नेछ । पुरानो काम थाति बस्नेछन् । रमाइलोमा रमिनेछ ।

मीन– फाइदा अरुलाइ जानेछ । खानपिनमा बढी खर्च हुनेछ, रमाइलोमा दिन बित्नेछ ।

प्रतिक्रिया दिनुहोस्