सुदूरपश्चिममा नेकपा एस बन्यो ठूलो दल, रावल थप कमजोर


ओकेजनता डेस्क
२० भाद्र २०७८, आईतवार

काठमाडौं । सुदूरपश्चिममा एकीकृत समाजवादी एमालेभन्दा ठूलो दल बनेको छ । सुदूरपश्चिम प्रदेशका थप तीन सांसदले एकीकृत समाजवादी रोजेपछि एमाले सानो दल भएको हो ।

सांसदहरु तारालामा तामाङ, दीर्घ सोडारी र प्रकाश रावलले आज निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गराएका हुन् ।

अब सुदूरपश्चिम प्रदेशसभामा एमालेका सभामुखसहित १२ र एकीकृत समाजवादीका १३ सांसद भएका छन् ।

प्रतिक्रिया दिनुहोस्