काठमाडौं । आइतबार बिहान अनामनगर चोकमा एक आपसमा नेपाल यातायातको बस ठोक्किएका छन् । पछाडिबाट आएको नेपाल यातायातकै बसले ओभरटेक गर्दा दुर्घटना भएको हो ।
रफ्तारमा आएका दुवै बस सडकमै प्रतिस्पर्धा गरिरहेका थिए । नेपाल यातायातको बस हरेक दिनजसो रिस्क मोलेर दौडिरहेका हुन्छन् । नेपाल यातायातका बसले सडकमा हिड्ने साना सवारीलाई समेत अवरोध गर्ने गरेको पाइएको छ ।
स्पीडमा दौडिरहेको बसहरु एकआपसमा जुधेपछि दुर्घटनाबाट भने जोगिएको छ । दुवै बसमा खचाखच यात्रु भरिएका थिए ।