झाँक्री एमसीसीको पक्षमा उभिइन्, रावलमाथि खनिइन्


ओकेजनता डेस्क
१९ भाद्र २०७८, शनिबार

काठमाडौं । नवगठित नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले एमसीसीको बिरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छिन्।

शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको प्रथम नगर कमिटीको भेलामा बोल्दै उनले ओली र रावलले राष्ट्रवादको आफूलाई पायक पर्ने गरि व्याख्या गर्ने गरेको टिप्पणी गरिन्।

‘खडग ओली हिजो एमसीसी पास गर्न कन्दनी सुर्काएर लागि परेको मान्छे आज एमसीसीको विरोध गर्दैछन,’ उनको भनाइ छ, ‘त्यसकारण पायक पर्दाको बखत बोलिने राष्ट्रवाद । कमरेड भीम रावल आज एमसीसीको विरुद्धमा जसरी बोल्दैछन ।

मलाई सम्झना छ ः ५३ सालमा यो भन्दा ठूलो राष्ट्रघाती सन्धि महाकाली सन्धि भएको थियो । भीम रावलको पोजिशन के थियो ? कमरेड खडगप्रसाद ओलीको पोजिशन के थियो ? महाकाली सन्धिका बेला ।’

चुनावमा एमालेको हालत सदभावना पार्टीको जस्तै हुने टिप्पणी उनको छ।

प्रतिक्रिया दिनुहोस्