काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४ औँ महाधिवेशनलाई केन्द्रीत गरेर वडा, गाउँ, नगरका अधिवेशनहरु ग्रिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाकै गृहजिल्लामा किचलो भएपनि अन्य जिल्लामा भने वडा अधिवेशन शुक्रबार सम्पन्न भएका छन् ।
यसै सिलशिलामा कांग्रेसमा युवा पुस्ता पनि नेतृत्वमा देखिन थालेका छन् । पछिल्लो समय राजनीतिमा तेस्रो पुस्ता आउने क्रम बढेको छ ।
यसैको उदाहरणका रुपमा दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ मा १९ वर्षीया स्वस्तिका महत कांग्रेसको वडा सभापति निर्वाचित भएकी छिन् । उनी केही समयदेखि कांग्रेसमा आस्था राख्दै आएकी थिइन् ।