सिद्धार्थको मृत्युलाई सलमान खानले मजाक गरेको भिडियो भाइरल (भिडियोसहित)


ओकेजनता डेस्क
१९ भाद्र २०७८, शनिबार

काठमाडौंं । भनिन्छ नि कहिलेकाँही हाँसो मजाक गरेर बोलेका कुराहरु सत्यतामा बदलिन्छन् । हो यस्तै भयो, सिद्धार्थको मृत्युबारे गरिएको मजाक । कुनै समय उनको मृत्युलाई सुपरस्टार सलमान खानले मजाक गरेका थिए ।

बिग बोस सिजन–१३ मा मजाक गर्दै भनेका थिए, ‘उनका फ्यानहरुले उनलाई बचाए तर भगवानले बचाइरहेको छैन । सबैले रुँदै भन्नेछन्, असल मान्छे थियो ।’

यस्तो मजाकको सिलसिला सिद्धार्थको स्वास्थ्यमा आएको खराबीका कारण सुरु भएको थियो । उनलाई बिग बोस–१३ मा टाइफाइड भएको थियो । उनलाई बिग बोसको घरबाट निकालेर अस्पताल पठाइएको थियो ।

हप्ताको वारमा सलमानले भिडियो कल गर्दै सलमानसँग कुराकानी गरेका थिए । यस्तैमा मजाक गर्दै सलमानले सिद्धार्थको मृत्युको मजाक भएको थियो ।

उक्त पुरानो भिडियोलाई सामाजिक सञ्जालमा यतिबेला भाइरल बनाइएको छ । विभिन्न प्रकारका प्रतिक्रियासँगै उक्त भिडियो सेयर भइरहेको छ । कतिपयले मृत्युलाई लिएर गरिएको मजाक सही नभएको पनि बताएका छन् ।

बिहीबार हृदयघातका कारण सिद्धार्थको मृत्यु भयो । उनको मृत्युपछि बलिउड शोकमा डुबेको छ । उनको शुक्रबार मुम्बईको ओशिवारास्थित श्मशान घाटमा ब्रह्मकुमारी रीति रिवाजकासाथ अन्त्येष्टी भयो ।

प्रतिक्रिया दिनुहोस्