नेकपा एमाले अध्यक्ष ओली अस्वस्थ


ओकेजनता डेस्क
१९ भाद्र २०७८, शनिबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । नेकपा एमाले विभाजन भइसकेपछि दौडधुपमा रहेका ओलीको स्वास्थ्यमा खराबी आएको हो । अहिले ओली बालकोटस्थित आफ्नो निवासमा आराम गरिरहनुभएको छ ।

पछिल्लो समय ओलीको धपेडी बढेकोले केही अशक्त भएको बालकोट स्रोतले बताएको छ । ओलीलाई गम्भीर खालको बिरामी नभइ आरामको खाँचो रहेको उनी निकट नेताहरुले जनाएका छन् ।

नेकपा एमाले विभाजन भएर अहिले नेकपा एकीकृत समाजवादी (एस) निर्माण भएको छ । पार्टीबाट महत्वपूर्ण नेताहरु बाहिरिएपछि ओली चिन्तित बनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्