सोमप्रसाद पाण्डे मन्त्री बन्ने पक्का, कुन मन्त्रालय ?


ओकेजनता डेस्क
१९ भाद्र २०७८, शनिबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डे मन्त्री बन्ने भएका छन् । पाल्पाबाट निरन्तर निर्वाचनमा विजयी हुँदै आएका पाण्डेलाई माधवकुमार नेपालले मन्त्रीको कोटामा राखेका छन् ।

पूर्वमन्त्री समेत भइसकेकोले पनि पाण्डेलाई सरकारमा पठाउने तयारी भएको नेकपा एस स्रोतले जनाएको छ । पाण्डे यसभन्दा अघि उद्योग मन्त्री भइसकेका छन् ।

नेकपा एसलाई प्रधानमन्त्री शेरबहादुर देउवाले ६ जना मन्त्रीका लागि भनेका छन् । एसबाट मन्त्री बन्नेको टुंगो अझै लागिसकेको छैन । वेदुराम भुसालको नेतृत्वमा सरकारमा जाने की सोमप्रसाद पाण्डेको नेतृत्वमा भन्नेमा द्विविधा भएको छ ।

पाण्डे पनि मन्त्रीका लागि आकांक्षी देखिएका छन् । उनी एमाले पार्टीमा रहँदा पनि स्वच्छ छबि भएको नेतामा पर्नुहुन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्