बामदेव गौतमलाई उपप्रधानमन्त्रीसहित रक्षा मन्त्रालय दिने निर्णय

ओकेजनता डेस्क
१८ भाद्र २०७८, शुक्रबार

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमलाई उपप्रधानमन्त्रीसहित रक्षमन्त्रालयको जिम्मेवारी दिनेबारेमा नेकपा एकीकृत समाजवादीमा छलफल भइरहेको नेकपा (एस) स्रोतले जनाएको छ । गौतमले अहिलेसम्म कुनै पनि दल नरोजेकोले नेकपा एसले आफू तान्न खोजेको हो ।

पछिल्लो समय नेकपा एमालेमा पनि नजाने बताएका गौतमलाई नेकपा एसले आफूसँग ल्याउनका निम्ति निकै प्रयत्न गरिरहेको छ । गौतमले भने एसले पनि जनताको बहुदलीय जनवादमा नटेके त्यहाँ नजाने बताएका छन् । एसका अध्यक्ष माधवकुमार नेपालले पनि जबजलाई भन्दा समाजवादीको यात्रा तय गर्नुपर्ने बताउँदै आएका छन् ।

नेकपा एसका अन्य पदाधिकारीहरु पनि जबजलाई छोएर यात्रा समाजवादकै गर्नुपर्ने पक्षमा रहेका छन् । अहिले पार्टीलाई फर्मेशनमा लगिरहेको एसका लागि धेरै चुनौति पैदा भएका छन् । पछिल्लो घटनाक्रमले गौतम भने एस तर्फ नै आउने पक्कापक्की छ ।

नेकपा एमाले विभाजन भइसकेपछि पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बिस्तार गर्न सकेका छैनन् । आफ्नै पार्टीको किचलोमा रहेका देउवालाई अझै मन्त्रिमण्डल बनाउन समय लाग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्