कोरोनाबाट १० को मृत्यु, १५१३ जना संक्रमित


ओकेजनता डेस्क
१३ आश्विन २०७७, मंगलवार

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ५ सय १३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशाला १० हजार ८ सय ९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा मात्र ९ सय ३४ संक्रमित थपिएका छन् । आज ७ सय ३१ कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमणबाट २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्