४ हजार सैनिकका लागि भर्ना खुल्यो, यसरी भर्नुहोस् आवेदन (सूचनासहित)


ओकेजनता डेस्क
१८ भाद्र २०७८, शुक्रबार

काठमाडौं । नेपाली सेनाले रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले विभिन्न स्थानमा ४ हजार संख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको हो ।

बहालवाला सैनिक व्यक्ति बाहेक सैन्य पदका उम्मेदवारहरूको हकमा अविवाहित हुनुपर्ने दरखास्त आह्वानमा भनिएको छ ।

दरखास्त पेस गर्ने अन्तिम मिति असोज १६ गतेसम्म १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र बहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्